• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    नेपालमा एकै दिन ४ सय ५७ जनामा काेराेना सङ्क्रमण पुष्टि , १ जनाकाे मृत्यु

    1.4K
    SHARES


    काठमाडौँ । पछिल्लो २४ घण्टामा चार सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    पीसीआर र एन्टिजेन गरी चार हजार ६ सय ५१ जनामा गरिएको नमुना परीक्षणमा चार सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    नेपालमा केही दिनयता दिनहुँजस्तै कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । जसका कारण कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १७ सय ७६ जना पुगेको छ ।

    २४ घण्टामा कोरोना सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ । यही अवधिमा ४८ जना सङ्क्रमित निको भएका छन् ।

    पछिल्लो २४ घण्टामा ९८ हजार नाै सय जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया