• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    नेपालमा हुने महिला साफ एक हप्ता सर्यो

    1K
    SHARES


    काठमाडौं । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप एक हप्ता पछि सरेको छ ।

    दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सहभागी टोलीलाई पत्र लेख्दै महिला साफ एक हप्ता पछि सरेको जानकारी गराएको छ । भारतको गोकुलम केरेला एफसीले एएफसी वुमन्स क्लब प्रतियोगिता खेल्ने तालिका परेको कारण प्रतियोगिता सारिएको साफले जनाएको छ ।

    अब महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । यस अघि साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुने तालिका थियो ।   बंगलादेशको ढाकामा बसेको साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको थियो ।

    प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगालदेश, माल्दिभ्स, श्रीलंका र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । नेपालले यस अघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो ।

    विराटनगरमा आयोजना भएको साफको उपाधि भारतले जितेको थियो । नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ