• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    म लामाे समय सरकारमा बस्ने मन्त्री हाेइन : जीवनराम श्रेष्ठ

    1.1K
    SHARES


    काठमाण्डाै। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रमा देखिएका विकृतिलाई सरकार र निजी क्षेत्र मिलेर नियन्त्रण गर्न आवश्यक रहेकाे बताए ।

    आज सोमवार पर्यटन मन्त्रालयमा भएको सरोकारवाला निकायसँग पर्यटन क्षेत्रको पुनरुत्थानबारेकाे अन्तरक्रियामा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले पर्यटन क्षेत्रमा विभिन्न विकृति बढ्दै गएको गुनासो आउने गरेको भन्दै निजी क्षेत्रसँग हातेमालो गरेर त्यसलाई नियन्त्रण गर्ने योजना रहेको बताए।

    मन्त्री श्रेष्ठले आफू लामो समय बस्ने मन्त्री नभएको भन्दै ऐन, कानुन निर्माण गर्न भने लागिपर्ने बताए । उनले भने, ‘कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्रको विकासका लागि तत्काल गर्न सकिने, मध्यकालमा गर्नुपर्ने र दीर्घकालमा गर्नुपर्ने काम हेरेर गर्नेछौँ । म लामो समय बस्ने मन्त्री होइन । तर सुरुवात गरेपछि भोलि निरन्तरता पाउँछ र एउटा निष्कर्ष निस्कन्छ । सुरु नै भएन भने अगाडि बढ्दैन ।’

    कार्यक्रममा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन बोर्डले नेपालको पर्यटन क्षेत्रका सबै प्याकेजलाई अनलाइन प्रणालीमार्फत प्रचारप्रसार गर्ने सुझाव दिए । उनले ट्राभल एजेन्सीमार्फत पर्यटन गन्तव्यहरूको ब्रोसरहरु बोकेर, हवाई उडानमा खर्च गरेर अहिलेको आधुनिक र प्रविधिकाे समयमा जानुपर्ने उपयुक्त नहुने दाबी गरे । अध्यक्ष सुवेदीले विदेशी पर्यटक नेपाल आएर नेपालका पर्वतीय र पदयात्रा जाँदा ट्रेकिङ कम्पनीहरूको माध्यमबाट मात्रै पर्वतीय र पदयात्रा सञ्चालन हुनुपर्ने जिकिर गगरे।

    त्यस्तै होटल एसोसिएसन अफ नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले सरकारले पर्यटन उद्योगलाई कहिल्यै राष्ट्रिय प्राथमिकतामा नराखेको गुनासो गरेका छन् । उने सरकारले अन्य उद्योगको तुलनामा राष्ट्रिय प्राथमिकता नपरेर सहुलियत तथा छुटसमेत नपाउँदा पर्यटन उद्योग धराशाही बनेको दाबी गरे । अध्यक्ष राणाले सरकारले पर्यटन उद्योगलाई मौद्रिक नीतिमार्फत सहुलियत तथा अनुदानको व्यवस्था गरेमात्रै याे उद्योगलाई ठूलो सहयोग पुग्ने बताए।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ