• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    संवैधानिक परिषद् विधेयक अर्को सभामा दर्ता भएकाले धेरै टिप्पणी नगरौँ- सभामुख

    712
    SHARES


    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दर्ता गराएको ‘संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक,२०७९’ विधेयकको आलोचना भइरहेको बेला सभामुख अग्निप्रसाद सापकोटले अहिले चर्चा गर्न आवश्यक नभएको बताएका छन् ।

    संसद् सचिवालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सोमबार सभामुख सापकोटाले राष्ट्रिय सभामा दर्ता भएको विधेयकबारे आफूलाई चर्चा गर्न मनासिव नलागेको बताए । उनले अर्को सभामा दर्ता विधेयकलाई लिएर चर्चा गरिहाल्न नहुने बताए ।

    ‘संवैधानिक परिषदसम्बन्धि विधेयकबारे तपाईले कुरा राख्नुभयो तर अर्को सभामा दर्ता भएको विधेयकबारे चर्चा गर्नु मनासिव लागेको छैन । धेरै टिप्पणी नगरौँ,’ उनले भने ।

    संवैधानिक परिषदसम्बन्धी विधेयकमा पूर्ववर्ती केपी शर्मा ओलीले अध्यादेशमार्फत ल्याएका व्यवस्था राखिएको भन्दै सरकारको आलोचनासँगै सभामुख सापकोटाले के गर्छन् भन्ने प्रश्न उठेका छन् ।

    त्यतिबेला सभामुख सापकोटा ओलीले अध्यादेश र त्यसअनुसार नियुक्त विभिन्न संवैधानिक परिषद्‍मा नियुक्त पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

    त्यसैले पनि संसदमा विधेयक आएपछि सभामुख के गर्छन् भन्ने प्रश्न उठेको थियो । त्यस्तै, सभामुख सापकोटाले नागरिकता, निजामती विधेयक पारित गर्न संसद्ले जोड दिइरहेको बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ