• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    माैसम समाचार

    मधेस प्रदेशबाहेक सबैजसो ठाउँको मौसम बदली, हल्का पानि पर्दा पहाडी छेत्रमा आली शीतल

    1.1K
    SHARES


    काठमाण्डाै। अहिले मधेस प्रदेशबाहेक देशका सबैजसो ठाउँको मौसम बदली रहेको छ । धेरैजसो ठाउँमा खण्ड-खण्ड गरेर पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । कुनै एक ठाउँमा एकैछिन पानी पर्ने, रोकिने अनि फेरि नजिकै अर्को ठाउँमा पानी पर्ने भइरहेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए ।उनका अनुसार आज दिउँसोपख स्थानीयरूपमा बनेको वायुका कारण मौसम बदली भएको हो ।

    मधेसप्रदेश बाहेक सबैजसो ठाउँमा पानी परिरहेको भए पनि कुनै एक ठाउँमा पानी पर्दा अर्को ठाउँमा परेको छैन । तर बादल विकास भएकाले हिजो/अस्तिको तुलनामा आज शीतल महसुस भएको छ । केही दिनयता चर्केको घामका कारण तराई मधेसमा गर्मी भए पनि पहाडी क्षेत्रमा आज केही राहत महसुस गरिएकाे छ ।

    गर्मी सुरु भएपछि हिजो काठमाण्डौमा यो वर्षकै सबैभन्दा धेरै ३२ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । आज काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रमा शीतल महसुस गरिएको छ । तराई–मधेसमा भने गर्मीका कारण जनजीवन प्रभावित भएको छ । मधेस प्रदेशमा आज पनि पानी पर्ने सम्भावना नभएको नगरकोटीले बताए । देशका अरू ठाउँमा भने आज र भोली छिटफुट पानी पर्ने अनुमान  रहेको छ ।

    भोलि बेलुकादेखि भने मनसुनी न्यून चापीय रेखाको प्रभावका कारण देशभर पानी पर्ने सम्भावना रहेको मौसमविदहरुले बताएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया