• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    सप्तरीका पालिकाले करार कर्मचारीकाे म्याद थपेनन्

    0.9K
    SHARES


    सप्तरी। पालिका चुनावपछि नवनिर्वाचित जनप्रतिनिधि आएपछि सप्तरीका धेरैजसाे पालिकामा कार्यरत करार कर्मचारीको म्याद थप नगरिएपछि उनीहरू बिचल्लीमा परेका छन् ।

    तिलाठी काेईलाडी गाउँपालिका, महादेव गाउँपालिका र डाक्नेश्वरी नगरपालिकाले करारका कर्मचारीलाई २०७९ साउन १ गतेदेखि हाजिर नगराउँदा उनीहरू बिचल्लीमा परेका हुन् । यी पालिकाले विभिन्न मितिमा गाउँ सभामा निर्णय गरी करारमा कर्मचारी नियुक्त गरेका थिए ।

    अहिले भने २०७९ साउन १ गतेदेखि करार सेवामा कार्यरत कर्मचारीकाे सम्झाैता नवीकरण वा म्याद थप नहुने ब्यहोरा पत्र सार्वजनिक गरिएको छ ।

    गाउँ सभाको निर्णय विपरीत पालिकाले एकलाैटी निर्णय लिएपछि अहिले करारका कर्मचारी आन्दाेलित भएका छन् ।

    अब अदालत, विभिन्न ट्रेड युनियन लगायतमा ज्ञापन पत्र दिनुका साथै चरणबद्ध आन्दोलको कार्यक्रमसमेत अगाडि बढाउने करार कर्मचारी सङ्घर्ष समितिका संयोजक रवीन्द्रकुमार मण्डलले जानकारी दिए ।

    लामो समयदेखि कार्यरत योग्य तथा अनुभवी कर्मचारीलाई कार्यसम्पादन मूल्याङ्कन नै नगरि निष्कासनकाे निर्णय गर्नु पूर्वाग्रह र गलत मनसाय भएकाे भन्दै निर्णय सच्याउन माग गरिएकाे छ ।

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया