• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय

    भारतमा आज राष्ट्रपतीय चुनाव हुदै, आउँदो बिहीवार अन्तिम मत परिणाम सार्वजनिक हुने

    1.3K
    SHARES


    काठमाडौँ। भारतमा आज राष्ट्रपतीय चुनाव हुँदैछ । नयाँ राष्ट्रपति चुन्न संसद् र विभिन्न राज्यका विधान सभामा मतदान हुनेछ । चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाबाट पूर्व गभर्नर द्रोपदी मुर्मू उम्मेदवार छन् भने विपक्षी दलले पूर्व केन्द्रीय मन्त्री यशवंत सिन्हालाई उम्मेदवार बनाएको छ ।

    चुनावमा सत्तारुढ दलका उम्मेदवार द्रौपदी मुर्मूको पक्षमा समर्थन धेरै देखिएको छ । यसले गर्दा उनले मत धेरै पाउन सक्ने अनुमान  रहेको छ । चुनावको नतिजा आउँदो बिहीवार सार्वजनिक हुने भएको छ । द्रौपदी मुर्मू राष्ट्रपतिमा चयन भएमा उहा आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो व्यक्ति हुहने छन्।

    वर्तमान राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल आउँदो ८ गतेदेखि सकिन लागेकाले भारतमा नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुनलागेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया