• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गण्डकी समाचार

    पहिराे खस्दा डुम्रे-बेसीसहर सडक खण्ड अवरुद्ध

    644
    SHARES


    लमजुङ। लगातारकाे वर्षासँगै आएको पहिराेका कारण गए रातिदेखि डुम्रे-बेसीसहर सडक खण्ड अवरुद्ध भएको छ ।

    याे सडकअन्तर्गत बेसीसहर नगरपालिका-१ उदिपुरको देउराली डाँडामा पहिराे गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिएका छन् ।

    याे सडक श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिएकाे छ । माथिबाट रिठ्ठेबगरमा लेदो आएर सडकमा थुप्रिएकाे प्रहरी निरीक्षक रेग्मीले बताएका हुन्। लेदोले सडक अवरुद्ध भएकाे छ भने वैकल्पिक सडक पनि भासिएको छ।  मर्स्याङ्दी नदीले तलबाट सडक कटान गरेकाे र माथिबाट बगेर आएको लेदोका कारण करिब तीन मिटर सडक भासिएको प्रहरीले जनाएको छ ।

    सडक अवरुद्ध भएका कारण बिहानैदेखि कुनै पनि गाडी आवतजावत हुन सकिरहेको छैन । याे सडक वैकल्पिक सडककाे रुपमा प्रयाेग हुँदै आएकाे थियाे ।

    सडक अवरुद्ध भएपछि बेसीसहरबाट काठमाण्डौ, पोखरा, चितवन, गोरखा, तनहुँलगायत जाने  र त्यहाँबाट बेसीसहर आउने गाडी सञ्चालन हुन सकिरहेका छैनन् । यसअघि गएकाे असार २८ गते पनि सो  सडक अवरुद्ध भएको थियो ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ