काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति आज (सोमबार) बस्दैछ ।
एन्फाको कार्यतालिका अनुसार विभिन्न १२ एजेन्डामा छलफल हुने भएको छ । जसअनुसार एजेन्डा नम्बर ७ मा विभिन्न पदमा नियुक्ति सम्बन्धमा रहेको छ । त्यसै अनुसार आजको कार्य समिति बैठकमा तीन उपमहासचिव नियुक्त हुनेछ ।
त्यसमा प्रथम उपमहासचिवमा गणेश थापाका छोरा गौरव थापालाई नियुक्त गर्ने तयारी रहेको छ । आजको कार्यसमिति बैठकबाट एन्फा प्रवक्तामा सुरेश शाहलाई नियुक्त गर्ने तयारी रहेको एन्फाका एक सदस्यले रातोपाटीलाई भने ।
आजको बैठकमा महिला साफ च्याम्पियनसिप र एनएसएल सम्बन्धी मुख्य एजेन्डा रहेका छन् । साउन २ गते बस्ने कार्यसमिति बैठकमा एन्फाले नियुक्ति र पदपूर्तिसम्बन्धी मुख्य योजना बनाएको छ ।
महिला साफ काठमाडौँमा आयोजना हुँदैछ । त्यसका लागि एन्फाले स्थान र समय निर्धारणदेखि लिएर टिम कोच र टिम म्यानेजर नियुक्तिलाई पूर्णता दिनेछ । त्यस्तै सी डिभिजन लिग र दैनिक फुटबल प्रशिक्षण सम्बन्धमा पनि एजेन्डा बनाएको छ ।
एन्फाको कार्यसमिति बैठकमा उप–महासचिव नियुक्त गर्ने कार्य पनि रहेको छ । त्यस्तै एन्फाको प्रवक्तामा सुरेश यादवलाई नियुक्त गर्ने कार्यसमितिको योजना छ ।
मुख्य एजेन्डाहरु :
– महिला साफ च्याम्पियनसिपको योजना तथा टिम तयारी । जसमा समय र स्थान निर्णय गर्ने रहेको छ । त्यस्तै टिम कोच र मेनेजर नियुक्ति रहेको छ ।
– एनएसएलसँग सम्झौता गर्ने नगर्ने । एनएसएल हुने नहुने विषयमा ।
– एन्फाको पदपूर्ति सम्बन्धी ।
– सी डिभिजन लिग छनोट सम्बन्धी ।
– फुटबल टोलीको दैनिक प्रशिक्षण सम्बन्धी ।
– यू–२० र यू–१७ टिमको सहभागिता तथा प्रशिक्षक र मेनेजर नियुक्ति सम्बन्धी ।
प्रतिक्रिया