• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    काठमाण्डौमा आत्याधिक गर्मि, तापक्रम ३२ डिग्री नाघ्याे

    1.2K
    SHARES


    काठमाण्डाै। काठमाण्डौमा हिजो मनसुन सुरु भएयताकै सबैभन्दा गर्मी भएको छ । काठमाण्डौमा हिजोको अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस पुगेको थियो ।

    हिजाे यसपालि मनसुन लागेपछिकै सबैभन्दा धेरै गर्मी भएको मौसमविद् हिरा भट्टराईले जानकारी दिए । पानी नपर्दा काठमाण्डौसहित देशभर नै गर्मी बढिरहेको छ । अहिले भने काठमाण्डौसहित वाग्मती, प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँमा भने गर्मि छैन ।

    हिजोअस्ति बिहानै घाम चर्किने गरे पनि यी प्रदेशका केही ठाउँमा आज बिहान हल्का पानी पर्नुका साथै मौसम आंशिकदेखि सामान्य बदली भएकाले केही शीतल भएको हो । तर, केही घण्टामा फेरि बादल हटेर घाम लाग्ने सम्भावना रहेको मौसमविद् भट्टराईले बताएका छन् । उनका अनुसार उपत्यकासहित केही ठाउँमा लागेको बादल केही घण्टामा हटेर फेरि घाम चर्किने सम्भावना  रहेको छ । यसले गर्दा अहिले शीतल भए पनि गर्मी फेरि बढ्ने अनुमान  रहेको  छ ।

    वाग्मती, गण्डकी र प्रदेश-१ को मौसम आंशिकदेखि सामान्य बदली भए पनि अन्य प्रदेशमा भने बिहानैदेखि घाम चर्किदै गएको छ।  गर्मीका कारण तराईका जिल्लाको जनजीवन बढी प्रभावित भइरहेको छ । चर्को घाम र गर्मीले दिउँसोको समयमा घरबाट बाहिर निस्कनै मुस्किल छ  ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया