• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    Highlights राजनीति

    अमेरिका नेपाललाई प्रयोग गरेर चीनलाई कमजोर पार्न चाहन्छ- नारायणकाजी

    723
    SHARES


    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले चीनलाई कमजोर पार्न अमेरिकाले नेपालको भूमि र राजनीतिलाई प्रयोग गर्न चाहेको बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले तीन ठूला शक्ति राष्ट्रले नेपालमा के चाहन्छ भन्ने प्रश्न उठाए ।

    दक्षिणी छिमेकी भारतले नेपाललाई आफ्नो प्रभाव क्षेत्रका रुपमा लिन चाहेको उनले बताए । माओवादी केन्द्रका नेता श्रेष्ठले अघि भने, ‘चीनले महाशक्ति बन्ने यात्रामा व्यवधान गर्ने शक्तिहरु नेपाल भएर फ्रि तिब्बतको मुद्दा लिएर होस् वा नेपालको भूमि प्रयोग गरेर होस् वा नेपालको सत्तालाई प्रयोग गरेर होस् वा नेपालको राजनीतिलाई प्रयोग गरेर चीन विरोधी थलोका रुपमा नेपाल हुन नपाओस् भनेर हेर्छ ।’

    अमेरिकाले भने नेपाली भूमि वा राजनीतिलाई प्रयोग गरेर चीनलाई कमजोर पार्न खोजेको श्रेष्ठले बताए । ‘अहिलेको विश्व परिवेशमा आफ्नो खस्किँदै गरेको महाशक्ति भूमिकालाई कायम राख्न चीनलाई कमजोर पार्न नेपालको भूमि र नेपालको राजनीतिलाई कमजोर पार्न चाहन्छ,’ उनले अमेरिकाबारे भने, ‘नेपालमा अहिले पनि जनमतको हिसाबले अग्रस्थानमा रहेको वामपन्थी आन्दोलनलाई क्षतविक्षत बनाउन चाहन्छ ।’

    यसलाई चिर्ने ठीक नीति र व्यवहार नै आजको आवश्यकता भएको माओवादी केन्द्रका नेता श्रेष्ठले बताए । तर अहिले स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिमा विचलन त भइरहेको छैन भन्ने प्रश्न उठेको उनले बताए ।

    दलहरुले गर्नुपर्ने चार काम
    श्रेष्ठले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि दलहरु र राजनीतिक नेतृत्वले चार काम गर्नुपर्ने बताए । उनले भने, ‘चुनाव लड्न वा पार्टी चलाउन कुनै पनि विदेशी पार्टी वा शक्तिसँग पैसा लिने काम बन्द गर्नुपर्छ । ठूलो कुरा गरेर कसैले पनि हुँदैन ।’

    चुनाव जित्नका लागि आफ्नो निर्वाचन क्षेत्रमा रष्ट्रिय बजेट भन्दा बाहिर विदेशीसँग सहयोग माग्ने र लिने काम बन्द गर्नुपर्ने उनले बताए । ‘आफ्नो छोराछोरी, नातेदार वा भोट बैंक भएका कार्यकर्तालाई छात्रवृत्ति दिलाइदेऊ भनेर दूतावास गुहार्ने काम बन्द गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘सत्ता प्राप्त गर्नका निम्ति विदेशी हस्तक्षेप स्वीकार गर्ने वा आमन्त्रण गर्न बन्द गर्नुपर्छ ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया