• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति समाचार

    स्थानीय सरकारमा महिला-पुरुष दुई प्रमुख हुनुपर्ने माग

    1K
    SHARES


    काठमाडौँ। नेकपा माओवादी समाजवादीले गुम्दै गएको महिला अधिकार र जनयुद्धबाट प्राप्त उपलब्धिहरू रक्षाको लागि स्थानीय तहमा महिला र पुरुषको समान अधिकार सहितको दुई प्रमुख पदको सिर्जना गर्नु पर्ने नयाँ अवधारणा अगाडी सारेको छ।

    शनिबार पार्टी अध्यक्ष कर्णजित बुढाथोकीले जनयुद्धमा महिलाहरूको पुरुष समान ठूलो बलिदानीबाट प्राप्त वर्तमान उपलब्धिहरूमा सयर गर्ने सत्तासीनहरूले उनीहरूको अधिकार कटौती गरेको आरोप समेत लगाएका हुन् ।

    सो पार्टी निकट अनेम संघ (क्रान्तिकारी) द्वारा आयोजित कार्यक्रममा वक्ताहरूले महिलाहरूलाई कार्यकारी जिम्मा दिँदा चुस्त–दुरुस्त, पारदर्शी र इमानदारितापूर्ण तवरले कार्य सम्पादन हुने भएकाले समान अधिकारको पद सिर्जना गर्नुपर्ने माग गरेका छन् ।

    नेत्रविक्रम चन्द निकट अनेम संघ(क्रान्तिकारी) अध्यक्ष बन्दु चन्दले जनयुद्ध र १९ दिने जन आन्दोलन मार्फत समावेशी र समानुपातिक प्रतिनिधित्व स्थापित भएकोले, त्यही अनुसार नयाँ संविधानमा पनि उल्लेख गरिएको तर कार्यान्वयन फितलो भएकोमा आक्रोष व्यक्त गरिन् ।

    अध्यक्ष चन्दले पहिलो संविधान सभामा महिलाहरूको सम्मानजनक उपस्थिति भए पनि पछि बिस्तारै परिवर्तनकारी शक्ति कमजोर हुँदै गएसँगै दोस्रो स्थानीय तहको चुनावसम्म आइपुग्दा संविधानमा उल्लेखित विषय पनि उल्लङ्घन भएको बताइन् ।

    पूर्व सांसद अंदाबा शेर्पाले माओवादी समाजवादीले अख्तियार गरेको नयाँ अवधारणा नितान्तरुपमा अत्यावश्यक भएको र यस विषयमा भएको छलफलको आजको दिन ऐतिहासिक भएको समेत बताइन् । शेर्पाले महिला अधिकार, समावेशी र समानुपातिक विषय राष्ट्रिय बहसको विषय बाउन जरुरी भएको बताइन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया