• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    पन्जाबको मुख्यमन्त्री निवास बाहिर आत्महत्याको प्रयास : एक युवकले स्प्रे पिए, अर्का झुन्डिए

    1.3K
    SHARES


    काठमाडौँ। पञ्जाब राज्यका मुख्यमन्त्री भगवन्त मानको संगरुरस्थित घरबाहिर दुई युवाले आत्महत्याको प्रयास गरेका छन् । एक युवकले विषालु स्प्रे पिएका थिए भने अर्काले झुण्डिने प्रयास गरेका थिए । स्प्रे सेवन गरेका युवकलाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ । सोही क्रममा झुन्डिएका युवकलाई भने सँगै रहेका अन्य साथीहरुले तत्काल उद्दार गरेका थिए ।

    यी युवाहरूले प्रहरी भर्तीका लागि नियुक्तिपत्र दिन मुख्यमन्त्रीको निवास बाहिर धर्ना दिइरहेका छन् । सन् २०१६–१७ मा पञ्जाब प्रहरीमा भर्ती भएको थियो । यस क्रममा युवाहरुको सबै प्रमाणीकरण पनि भइसकेको छ । अकाली सरकारको पालामा भर्ना भएपनि त्यसपछि बनेको काँग्रेस सरकारले ५ वर्षसम्म युवाहरुको कुरा सुनेन ।

    अहिले ११ जना युवाहरु आफ्नो नियुक्ति पत्रको निर्णय गरिदिन मानको निवास बाहिर धर्ना दिइरहेका छन् । तिनले तत्काल नियुक्ति पत्र नदिए सबैले आत्महत्या गर्ने चेतावनी दिए ।

    प्रहरी भर्तीको पर्खाइमा रहेका यी युवाहरु मे १० देखि मुख्यमन्त्री निवास अगाडि धर्ना दिइरहेका छन् । विधानसभा चुनाव र पछि संगरुर लोकसभा उप चुनावको समयमा आम आदमी पार्टीले नियुक्तिपत्र दिने आश्वासन दिएको युवाहरुले आरोप लगाएका छन् ।

    यसका बावजुद मान सरकारले उनीहरुको कुरा सुनुवाई गरेको छैन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया