• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    ओलीलाई नारायणकाजीको आग्रह : वामपन्थी तालमेल गरौं

    617
    SHARES


    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थी तालेमलका लागि आग्रह गरेका छन् । त्यसका लागि तुम शेर तो, हम सवाशेर छाडेर आत्मसमीक्षा गर्न नेताहरुलाई आग्रह गरे ।

    शनिबार काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषय विचार गोष्ठी कार्यक्रममा माओवादी केन्द्रका नेता श्रेष्ठले देशभक्तिपूर्ण आन्दोलनको अगुवा शक्ति वामपन्थीहरु भएको उनले बताए ।

    तर अहिले वामपन्थीहरुले एकअर्कालाई सिध्याउने, तल पार्ने मेसो चलाउँदा सबै सिद्धिने दिशातिर गइरहेको र यसले देशको अस्थित्व संकटमा पर्नसक्ने बताए ।

    उनले अघि भने, ‘देश सिध्याउने काम नगरौं । त्यसका निम्ति वापन्थीहरुको एकता आवश्यक छ । कमसेकम तालमेल र मोर्चातिर जान आवश्यक छ ।’

    मञ्चमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम लिँदै श्रेष्ठले भने, ‘सबैसँग विनम्रतातापूर्वक आग्रह गर्न चाहन्छु, तुम शेर तो, हम सवा शेर छोडिदिऊँ ।’ उनले अघि भने, ‘घटनाक्रमको विषयवस्तुमा गम्भीर आत्मसमीक्षा गरौं ।

    कतिपय भोलि गरे हुने भए पछाडि गरौंला । अहिले गर्नुपर्ने छ, गल्ती कमजोरी भएको छ भन्ने लाग्छ भने आत्मालोचना गरौं । म त आत्मालोचना गर्छु, पार्टी एकता जोगाउन सकिएन, मेरो पनि भूमिका थियो ।’

    तालमेल गरेर अघि बढेनन् भने वामन्थीहरु सिध्दिने दिशातिर जाने उनले बताए । एमसीसीमा के भएको थियो ? १९ बुँदे आरोप पत्रमा के भएको थियो ? अरु के भएको थियो आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने भन्दै उनले भने, ‘भएन भने त उही मेसो हो एकअर्कामा लडौं, वामपन्थीहरु सिध्याऔं, देशलाई पनि संकटमा पारौं ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ