धनगढी। बझाङको बित्थडचिर गाउँपालिकामा कार्यरत करारका कर्मचारीहरूलाई काममा नआउन भनिएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै करार कर्मचारीहरूलाई अनिश्चितकालका लागि काममा नआउन भनेको हो ।
असार ३१ गतेको गाउँ कार्यपालिको बैठकले सबै वडाहरू, शाखा तथा इकाईहरूमा कार्यरत करार, अस्थायी र ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई म्याद थपबारे निर्ण नहुँदासम्म काममा नआउन दिने निर्णय गरेको हो। एक समिति गठन गरिएको र उक्त समितिले नै म्याद थपबारे निर्णय लिने बताइएको छ ।
प्रतिक्रिया