• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कञ्चनपुरमा प्रेमीसँग भागेकी युवतीमाथि सामूहिक बलात्कार, सशस्त्रका जवानसहित चार पक्राउ

    0.9K
    SHARES


    कञ्चनपुर । कञ्चनपुरमा एक युवतीमाथि सामूहिक बलात्कारको गरेको आरोपमा चार जना पक्राउ परेका छन्।

    २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पुनर्वास नगरपालिका–९ का सुशील बिष्ट, लक्ष्मण सुनार, पृथ्वी भाट क्षेत्री पक्राउ परेका हुन्।

    उनीहरूसँगै बिओपीबीच फाँटमा कार्यरत सशस्त्र प्रहरीका जवान यमप्रसाद जैशी पनि पक्राउ परेका छन्। असार २३ गते राति ती युवतीमाथि सामुहिक बलात्कार भएको हो।

    उनीमाथि बलात्कार भएको सूचना बिहीबार प्रहरीकहाँ पुगेको थियो। शुक्रबार जाहेरी पनि परेपछि प्रहरीले आरोपित चार जनालाई पक्राउ गरेको हो।

    प्रहरीका अनुसार बलात्कार आरोप लागेका सुशील बिष्ट र युवतीको प्रेम सम्बन्ध रहेको बुझिएको छ। सुशीलले भागेर विहे गर्ने भन्दै युवतीलाई मोटरसाइकलमा लगेर गएका थिए।

    राति उनीहरूलाई सँगै देखेर पिछा गरेका अरू तीन जनाले युवतीमाथि बलात्कार गरेको जोहरीमा उल्लेख छ।

    आरोपितहरूलाई ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया