• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    आफ्नै घरमा जलेर वृद्धको मृत्यु

    805
    SHARES


    भक्तपुर। भक्तपुरमा एक वृद्धको जलेर मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका-२ फक्सिङटारमा स्थानीय ८४ वर्षका जगतप्रसाद शिल्पकारको आफ्नै घरमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    तीन तले पक्की घरको भुइँतलामा कम्मरदेखि मुनिको भाग जलेको अवस्थामा वृद्धको शव भेटिएको भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

    प्रहरीका अनुसार घरको भुइँतलामा वृद्ध एक्लै बस्थे भने उनका छोरा बुहारी माथिल्लो तलामा बस्थे । ‘हिँडडुल गर्न नसक्ने भएकाले वृद्ध भुइँतलामा नै बस्ने रहेछन्, छोराबुहारीले खाना तल नै ल्याइदिने रहेछन्’ उनले भने ।

    वृद्धको मृत्युको कारण भने खुलेको छैन । ‘वृद्ध अवस्थाको भएकाले चुरोट खाँदा लुगामा आगो लागेको पनि हुन सक्छ वा अरु नै पनि हुन सक्छ, हामी अनुसन्धान गर्दैछौं’ डीएसपी पाण्डेले भने ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया