• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    खेलकुद

    लेवान्डोस्की बार्सिलोना जाने

    1K
    SHARES


    काठमाडौँ। जर्मन च्याम्पियन क्लब बायर्न म्युनिखका खेलाडी रोबर्ट लेवान्डोस्की स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध हुने भएका छन् । बार्सिलोनाले लेवान्डोस्कीलाई ४२.५ मिलियन पाउन्डमा अनुबन्ध गर्न लागेको स्काई स्पोर्ट्सले जनाएको छ ।

    लेवान्डोस्की बार्सिलोनामा मेडिकल परिक्षणका लागि आइतबार स्पेन जानेछन् । बार्सिलोनामा लेवान्डोस्कीले तीन वर्षको सम्झौता गर्ने भएका हुन् । पोल्याण्डका स्टार खेलाडी लेवान्डोस्कीको बायर्नमा अझै एक सिजन सम्झौता बाँकीनै छ ।

    सन् २०१४ मा बोरुसिया डर्टमण्डबाट बायर्न म्युनिख आएका लेवान्डोस्कीले क्लबका लागि ३७५ खेल खेलेर ३४४ गोल गरेका छन् ।

    युरोपका उत्कृष्ट पाँच लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा लेवान्डोस्की छन् । लेवान्डोस्कीले पोल्यान्ड राष्ट्रिय टोलीबाट १३२ खेल खेल्दै ७६ गोल गरेका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया