• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    पानी नपर्दा धान रोपाइँ अलपत्र, रोपेको धानले पनि पाएन सिचाई

    1.1K
    SHARES


    काठमाडौँ। मध्य असारयता छिटो पानी नपरेपछि मधेसको महोत्तरीलगायतका छेत्रमा धान रोपाइँ अलपत्र परेको छ । तेहाँका अन्य जिल्लामा पनि सिञ्चित बाहेकका आकाशे पानीको भरमा रोपिने रोपाई पनि नपरेकालेनै  रोकिएका छन् ।

    मध्ये अशर  यता पानी परेको छैन । त्यसअघि परेको पानीमा धान रोप्ने तयारीमा रहेका खेत अहिले भने सुकेका छन् र ब्याड पनि लगातार पानी नपाउँदा पहेँलिन थालेको महोत्तरीका किसानले बताएका छन् ।असार सिद्धिन लाग्दासम्म धान रोपाइँले गति लिन नसकेपछि  किशानालाई अन्नको संकट पर्ने चिन्ता छ ।  मुख्य बाली धान नै रोप्ननपाए पछि परिवार कसरी पाल्ने तेहाँका किशंलाई चिन्ता छ ।

    “आज असार त सकिने हो, पानी नभएर धान रोप्न पाइएन, के गरी गुजारा गर्ने होला ?” भङ्गाहा नगरपालिका–४ पलारका ८० वर्षीय किसान चौठी बाँतरले बिरक्तिँदै भने ।

    मध्य असार अघिको वर्षाको पानीले एक झमट रोपाइँमा लागेका किसान त्यसयता खेतमा पानी सुकेपछि चिन्तामा परेका हुन् । असार सकिनै लाग्दा धान रोपाइँ जिल्लामा एक तिहाई नाघेको छैन । “उता खेत सुक्दै छ, यता घरमा ज्वरो, रुघा खोकीले परिवारका मान्छे बिरामी भएर लड्दाछन्”, भङ्गाहा नगरपालिका–५ कर्पुरगञ्जका किसान रामजुलुम सर्दार भन्छन्, “यो बढ्दो तापले सबै भताभुङ्ग पार्यो, न समयमा खेती सक्न पाइयो, न सञ्चोसँग बस्न ।”

    जिल्लामा अहिलेसम्म ३३ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरले जनाएको छ । रोपोको धान पनि सुकेको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ