• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    कर्णाली समाचार

    गुराँस गाउँपालिकाका कर्मचारीकाे आन्दोलनमा प्रहरीले गोली चलायो, ३ जना घाइते

    1.1K
    SHARES


    दैलेख। दैलेखको गुराँस गाउँपालिकाले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेपछि कर्मचारीले आन्दोलनमा उत्रिएका छन् । उक्त आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

    कर्मचारीहरुको आन्दोलनलाई मत्थर पार्न प्रहरीले गोली नै चलाएको छ । प्रहरीको गोली लागेर ३ जना घाइते भएका छन्।

    गुराँस गाउँपालिका वडा नम्बर–१ मा कार्यरत कार्यालय सहायक बखत खत्रीसहित ३ जना घाइते भएका हुन्। दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले प्रहरीलाई ढुङ्गा हानेपछि गोली चलाउनुपरेको बताएका छन्।

    गुराँस गाउँपालिकाले सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारी, शिक्षक, र बाल विकास सहजकर्ताहरुको करार सम्झौता साउन १ गतेदेखि नवीकरण नहुने निर्णय गरेको थियो। कर्मचारीहरु सोहि निर्णयको बिरोधमा उत्रिएका हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया