• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    मधेश समाचार

    पर्सामा जसपा र कांग्रेस कार्यकर्ताबीच झडप, के छ अवस्था ?

    1.6K
    SHARES


    वीरगञ्ज । पर्सामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताबीच झडप झडप भएको छ । जिल्लाको कालिकामाई गाउँपालिकामा शुक्रबार दिउँसो भएको झडपमा परी वडा नं ३ का अध्यक्ष सञ्जयकुमार पटेल सहित ५ जना घाइते भएका छन् ।

    घाइते हुनेहरुमा वडाध्यक्ष पटेलसहित अन्दाजी ७० वर्षीय महम्मद गफार मिया, ४० वर्षीय महम्मद एकबाल मिया, ४५ वर्षीय अकबर मिया र ३१ वर्षीय विजय चौरसिया रहेका छन् । घाइतेमध्ये महम्मद मियाको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ । उनीहरु सबैको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

    घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ५५ वर्षीय ध्रुव साहलाई नियन्त्रणमा लिइएको छ । ‘गाउँ सभामा नै प्रहरी टोली खटिएको थियो, झडप नै भयो भनेपछि थप टोली पठायौं’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले, ‘त्यसपछि हामीले भिडलाई तितर वितर पारेका थियौं, पछि वडा नं ३ बालुवाकट्टी जाने बाटोमा कांग्रेस र जसपाको कार्यकर्ताबीच झडप भएको थियो ।’

    शुक्रबार दिउँसो २ बजेतिर कालिकामाईको आठौं गाउँसभामा सुरु गर्न लागिएको थियो । सभामा उपाध्यक्ष राजमति बरैनी, वडा नं २ का अध्यक्ष सोनालाल चौरसिया, वडा नं ४ का अध्यक्ष सञ्जय साह गोढ लगाउत २९ जना सदस्य पुरै सहभागी भएका थिए । तर सहमति हुन नसकेपछि शनिबार अपराह्न ४ बजे श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय हरिहरपुरविर्तामा बस्नेगरि बैठक डाक्ने तय भयो ।

    सोही अनुसार अध्यक्ष बशिष्ट कुमारको आदेशले प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले सूचना पनि टाँस गरेका थिए । उनीहरु बसिरहेकै ठाउँमा वडा नं ४ का अध्यक्ष सञ्जय साह गोढको भाइ रञ्जित आएका थिए ।

    वडा नं ३ का अध्यक्ष पटेलले गाउँ सभा सदस्य र सहयोगी कर्मचारी मात्रै रहेको ठाउँमा सरोकार नभएको मानिस नआउन भनी प्रहरी लगाएर रञ्जितलाई बाहिर पठाएका थिए । त्यसैले गर्दा आक्रोशमा आएका रञ्जित साह गोढले आफू बाहिर निस्केपछि अचानक आक्रमण गरेको वडा नं ३ का अध्यक्ष पटेलको आरोप छ ।

    त्यसपछि आक्रोशमा आएका दुवै पक्षका कार्यकर्ताहरुले कालिकामाईको विभिन्न ठाउँमा झडप गरेका थिए । अर्का घाइते मम्मद गफारले भने गाउँ सभा हेरेर फर्कने क्रममा आफूलाई घेरा हालेर आक्रमण गरेको बताए ।

    वडा नं ४ का वडा अध्यक्ष सञ्जय साह गोढले भने वडा नं ३ का अध्यक्ष आफैंले हानेर घाउ बनाएको आरोप लगाए । गाउँ सभामा कुनै घटना नभएको बताउँदै बाहिर गएर सञ्जयले नै हो हल्ला गराएको उनको तर्क छ । तर प्रहरीले पनि वडा नं ३ का वडा अध्यक्ष सञ्जयमाथि ढुंगा प्रहार भएको दाबी गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया