• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पानी वितरण नहुँदै मेलम्चीको पाइपमा २४ करोड ३१ लाखको क्षति

    566
    SHARES


    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि बिछ्याइएको पाइपमा क्षति पुग्ने क्रम रोकिएको छैन । मेलम्चीको पानी नियमित रुपमा वितरण नहुँदै आयोजनाको पानी बाँड्न बिछ्याएको २४ करोड ३१ लाख रुपैयाँ बराबरको पाइपमा विभिन्न कारणले क्षति पुगेको छ ।

    सडक निर्माण गर्दा पर्याप्त सावधानी अपनाउन नसक्दा खानेपानीको थोक वितरण प्रणाली र वितरण सञ्जाल सुधारअन्तर्गतका ८ प्याकेजका निर्माण व्यवसायीले पाइप बिछयाई पुर्ने कार्यसमेत सम्पन्न गरेपछि सडक मर्मत तथा सुधार गर्ने क्रममा पाइपहरू नोक्सान गरेको पाइएको महालेखा परीक्षकको कार्यलयले जनाएको छ ।

    नोक्सान भएका पाइपको मूल्य, बिछ्याउने, पुर्ने र जडान खर्च समावेश गरी निर्देशनालयले पाइपलाइन क्षतिको गत वर्षसम्म १८ करोड ४१ लाख ७३ हजार रुपैयाँ मूल्यांकन गरेकोमा आर्थिक वर्ष २०७७/७८ मा ५ करोड ८९ लाख ३९ हजार थप भई जम्मा रू. २४ करोड ३१ लाख १२ हजार मूल्यांकन गरेको महालेखाको ५९औं प्रतिवेदनले जनाएको छ ।

    महालेखाले आयोजना कार्यान्वयन निर्देशनालय र सडक विभागबीच भएको सम्झौताको दफा ७ मा निर्देशनालयबाट पाइप बिछ्याइसकिएको सडकहरूमा सडक निर्माणको क्रममा पाइपमा क्षति पुग्न गएमा सो क्षातिलाई पुनः निर्माण गर्न लाग्ने रकम सडक विभागले निर्देशनालयलाई उपलब्ध गराउने व्यवस्था रहेको स्मरण गराएको छ ।

    ‘सडक विभागसँग उक्त रकम माग गरेकोमा प्राप्त भएको छैन । सडक तथा अन्य पूर्वाधार निर्माणको क्रममा उक्त पाइपलाइन क्षति भएकोले पाइपलाइन पुनः स्थापना गर्दा निर्मित सडक तथा पूर्वाधारको पुनः क्षति भई यस्तो रकम अझै बढ्ने अवस्था छ,’ प्रतिवेदनमा भनिएको छ, ‘अतः सरोकारवाला निकायसँग समन्वय गरी अन्य संरचनाको क्षातिसमेत यकिन गरी कुल क्षतिको मूल्यांकन गर्नुपर्ने र पाइप लाइनको पुनः निर्माण हुनुपर्छ ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ