• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

    856
    SHARES


    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी) ले एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-३२ डिल्लीबजार बस्ने ४२ वर्षीया बन्दना उप्रेती रहेकी छिन् । उनलाई सीआईबीको टोलीले काठमाडौं महानगरपालिका-४ चण्डोलबाट पक्राउ गरेको हो ।

    उच्च अदालत पाटनको २०७९ साल असार ५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३० दिन कैद र १ करोड ५९ लाख रुपैयाँ जरिवाना सुनाएको थियो । उप्रेतीले प्राइम कमर्सियल वैंक लिमिटेड बागबजार शाखामा उनकै नाममा रहेको बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी चेक दिएकी थिइन् ।

    पक्राउ परेकी उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ