• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारीहरुको म्याद थप

    677
    SHARES


    काठमाडौं । मन्त्रिपरिषद्ले क्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।

    कानुन मन्त्रालयले तयार पारेको मस्यौदामा सत्तारुढ गठबन्धनले सहमति जुटाए लगतै मन्त्रिपरिषदले विधेयक पास गरेको हो । यो आज शुक्रबार नै संसदमा दर्ता हुनेछ ।

    मन्त्रिपरिषद्को बैठकले यो ऐन पारित नहुँदासम्मका लागि बाधा अड्काउ फुकाउमार्फत दुबै आयोगका पदाधिकारीको म्याद थपेको छ । एक मन्त्रीले भने, ‘बाधा अड्काउ फुकाउमार्फत बढीमा ६ महिना म्याद थप्ने निर्णय भएको छ । संसदमा दर्ता भएको विधेयक पास हुनासाथ अहिलेका पदाधिकारीहरु स्वतः पदमुक्त हुन्छ ।’

    सत्य निरुपण तथा मेलमिलाप र वेपत्तन पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरुको म्याद भोलिसम्म मात्र छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ