• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    राष्ट्रपति राजापाक्षेकाे राजीनामा स्वीकृत, नयाँ राष्ट्रपतिको चुनावका लागि संसद् बैठक आह्वान

    1.1K
    SHARES


    काठमाडौँ। श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजपाक्षेको राजीनामा स्वीकृत भएको छ ।

    श्रीलङ्काका सभामुख महिन्दा यापा अबेवर्दनाले राजपाक्षेको राजीनामा स्वीकृत भएको बताए । सभामुख अबेवर्दनाले अब प्रधानमन्त्री रनिल विक्रमासिङ्घे आन्तरिम राष्ट्रपति बन्ने र आज उहाँकाे शपथ ग्रहण हुनसक्ने बताउनु भएको छ । यस्तै, नयाँ राष्ट्रपतिको चुनावका लागि भोलि संसद् बैठक आह्वान गरिएको पनिउनले बताएका बीबीसीले जनाएको छ ।

    सभामुखले आन्दोलनकारीलाई संयमित र शान्त हुन पनि आग्रह गरे  । यसैबीच, श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरसिङ्गेले देशमा स्थिर सरकार नबने श्रीलङ्का असफल राष्ट्र बन्ने चेनावनी दिएका छन् ।

    पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको आपूर्ति गर्न नसक्ने अवस्थामा देश असफल हुने भन्दै गभर्नर वीरसिङ्गेले तत्काल स्थिर सरकार र चुस्त प्रशासन पुनर्बहाली गर्नेतर्फ राजनीतिक कर्मीहरूको ध्यान जानुपर्ने पनि बताएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया