• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्न सत्ता गठबन्धनमा सहमति

    0.9K
    SHARES


    काठमाडौँ। सत्तारुढ गठबन्धनमा संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्न सहमति जुटेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा उक्त सहमति जुटेको काँग्रेस उपसभापति समेत रहेका पूर्णबहादुर खड्काले जानकारी दिएका छन् ।

    ‘संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधनबारे छलफलमा सहमति जुटेको छ, अब अघि बढ्छ’, खड्काको भनाइ छ । गठबन्धनमा सहमति जुटे लगत्तै बालुवाटारमै मन्त्रिपरिषद् बैठक बोलाइएको छ। मन्त्रिपरिषद बैठकबाट उक्त विधेयक पारित गर्ने तयारी भएको नेताहरुले बताएका छन् ।

    मन्त्रिपरिषदबाट पारित गरेर सरकारले आजै शुक्रबार दिउँसो बस्ने संसद बैठकमा संक्रमणकालीन न्यायसँग जोडिएको कानुन संशोधनको विधेयक पेस गर्ने आन्तरिक तयारी गरेको छ ।

     

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया