सुर्खेत । जुम्लाको हिमा गाउँपालिका- १ आचार्यलिहीमा विद्युत उत्पादन गृह भत्किदा तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विद्युत उत्पादन गृहका अपरेटर गोरखबहादुर रावतका श्रीमती र दुई छोरा रहेकाे गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले संचारकेन्द्रलाई जानकारी दिए ।
गए राति करिब साढे २ बजे भित्रीखोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा ३० वर्षीया विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावतको मृत्यु भएको हो ।
राति बत्ती बन्द भएपछि हेर्न जाँदा यो घटना भएको थाहा भएको थियो । अहिले अध्यक्ष शाहीसहित स्थानीय प्रशासन प्रमुख, जिल्ला समन्वय समितिका प्रमुखसहितको टोली घटनास्थलतर्फ गएको छ ।
घटनाले हिमा गाउँपालिका स्तब्ध बनेको उनले बताए । ‘यो दुखद घटनाले आज आज हिमा गाउँपालिका स्तब्ध छ ।’ उनले भने ।
अपरेटर गोरखबहादुर रावत घाउँतिरै रहेको जानकारी आएको भन्दै उनले घटनास्थल पुगेर शब संकलन गरी पोष्टमार्टमका लागि पठाइने बताए ।
प्रतिक्रिया