• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    प्रवास

    नेपाली जनसम्पर्क समिति भर्जिनियाका सभापति हुमागाईंले दिए पदबाट राजीनामा

    550
    SHARES


    काठमाडौँ। नेपाली जनसम्पर्क समिति अमेरिकाको भर्जिनिया शाखाका सभापति राम शरण हुमागाईले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।

    उनले च्याप्टर अधिवेशनको अनिश्चितता र व्यक्तिगत कार्य व्यस्तताले गर्दा पदीय जिम्मेवारीबाट अलग भएको बताएका छन् । हुमागाईं नेपाली काँग्रेस पार्टीको भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया शाखाको विभिन्न पद र जिम्मेवारीमा लामो समयदेखि क्रियाशील रहदै आएका छन् । हाल उनि नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि पनि हुन ।

    पटक पटक अधिवेशनको माग र प्रयास हुँदाहुँदै पनि पार्टी नेतृत्व र जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय नेतृत्वको उदासीनताले च्याप्टरहरूको अधिवेशन समयमा सम्पन्न हुन नसकेकोमा उनले सबैको ध्यानाकर्षण गराएका छन् । समयमै अधिवेशन सम्पन्न हुन नसक्नुमा आफ्नो भागमा पर्ने भूमिका र कमजोरीको निम्ति उनले क्षमायाचना पनि गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ