• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    सङ्कट बढ्दै गर्दा, श्रीलङ्काको संसद् नजिकै सेनाका ट्याङ्क तैनाथ

    685
    SHARES


    काठमाडौँ। श्रीलङ्काको सेनाले बिहीबार संसद् भवन नजिकै सेनाका ट्याङ्कहरू तैनाथ गरेको छ ।

    प्रदर्शनकारीहरूलाई संसदमा प्रवेश गर्नबाट रोक्नको लागि सेनाको ट्याङ्क तैनाथ गरिएको बताइएको छ । श्रीलङ्काको फ्लावर रोडमा रहेको प्रधानमन्त्रीको कार्यालयमा प्रदर्शनकारीहरूले बुधबार आक्रमण गरेका छन् ।

    अहिले टापु राष्ट्र गम्भीर आर्थिक र राजनीतिक सङ्कटमा परेको छ। जुलाई ९ गते प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयमा जबर्जस्ती प्रवेश गरेर विरोध जनाएका थिए । आक्रोशित प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्रीको तत्काल राजीनामाको माग गरेका थिए ।

    देश छाडेका राष्ट्रपति गोटाबाया राजापाक्षे र उनकी श्रीमती आज साउदी अरेबियाको मालेबाट सिङ्गापुर प्रस्थान गरेका छन् । अहिले तीन तह प्रहरी, सेना र विशेष बलसहित संसद्को सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले श्रीलङ्का इन्धन र अन्य अत्यावश्यक आपूर्तिहरूको गम्भीर अभावको सामना गरिरहेको छ । बढ्दो मुद्रास्फीतिका कारण देशले सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ