• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    एन्फा कार्य समिति बैठकमा पाँच एजेन्डा थप गर्न उपाध्यक्ष केसीको माग

    631
    SHARES


    काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक आगामी सोमबार बस्दैछ । सोमबार बस्ने बैठकमा बिभिन्न ११ एजेन्डामा छलफल हुँदैछ ।

    उक्त कार्यसमिति बैठकमा पाँच एजेन्डा थप्न उपाध्यक्ष कुमार केसीले माग गरेका छन् । नवनिर्वाचित कार्यसमिति वार्षिक कार्यक्रमसहित अघि बढ्नुपर्ने बताउँदै उनले आसन्न बैठकमा ५ वटा एजेन्डा थप्न माग गरेका हुन् । उनले महासचिव किरण राईलाई सम्बोधन गर्दै पाँच एजेन्डा थप गर्न माग गरेका हुन् ।

    उपाध्यक्ष केसीले विशेष साधारणसभाको मिति तोक्ने, महिला लिगको दोस्रो चरणको खेलको सम्बन्धमा निर्णय गर्नुपर्ने, राष्ट्रिय लिग गर्ने सम्बन्धमा कार्यसमिति बैठकले निर्णय गर्नुपर्ने माग गरेका छन् । उपाध्यक्ष केसीले महिला लिगको दोस्रो चरणको खेलको सम्बन्धमा निर्णय गरेर जानुपर्ने माग गरेका छन् ।

    उनले लिगको क्यालेन्डर अनुसार ए, बी र सी डिभिजन लिगको समय निर्धारण गर्नुपर्ने र दुई वर्षदेखि स्थगित अवस्थामा रहेको उमेर समुहको प्रतियोगिता ललित स्मृति यू–१८ खेल गराउने सम्बन्धि एजेण्डामा छलफल गर्नुपर्ने माग गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ