• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    न्यायका लागि उजुरी दिने व्यक्ति नै प्रहरीद्वारा कुटिए

    883
    SHARES


    काठमाडौँ। । न्यायका लागि दार्चुलाको गोकुलेश्वर प्रहरीमा उजुरी दिन पुगेका व्यक्ति नै प्रहरीद्वारा कुटिएका छन् ।

    बैतडीको दोगडाकेदार गाउँपालिका–६ बैतडीका चक्र सिंह कार्कीलाई दार्चुलाको गोकुलेश्वरस्थित प्रहरी चौकीका ईञ्चार्ज प्रहरी निरीक्षक सुरज बहादुर सिंहले निर्घात कुटपिट गरेका हुन् ।

    कार्कीले आफ्नी पत्नीलाई र सोही ठाउँ बस्ने एक जना व्यक्तिसँग एकान्तमा भेटेपछि उनीहरुका विरुद्ध प्रहरीमा असार २८ गते गोकुलेश्वरस्थित प्रहरी चौकीमा उजुरी दिएका थिए । तर प्रहरीले कार्कीकी पत्नी र उनीसँग भेटिएका व्यक्तिलाई सोही साँझ छोडेपनि कार्कीलाई भने रातभरी थुनुवा कक्षमा राखी निर्घात कुटपिट गरेको कार्कीका दाई भीम सिंह कार्कीले बताए ।

    उनका शरीरका विभिन्न भागमा निल डाम छन् । कार्की दार्चुलाको शैल्यशिखर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख हुन् । उजुरी दिने व्यक्तिमाथि नै प्रहरीले कुटपिट गरेपछि सयौको संख्यामा गएका स्थानीय बासिन्दाले प्रहरी चौकी घेराउ गरेका थिए ।

     

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया