• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विशेष समाचार

    तीव्र गतिमा फैलिँदै कोरोना सङ्क्रमण, एकै दिन २ सय ६० जनामा सङ्क्रमण पुष्टि

    772
    SHARES


    काठमाण्डाै । नेपालमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेको छ ।

    पछिल्लो समय सङ्क्रमण दर दिनदिनै बढिरहेकोमा पछिल्लाे २४ घण्टामा दुई सय ६० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय ४४ जनाको नमुना परीक्षण गर्दा दुई सय ६० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै २४ घण्टामा ४८ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा एक हजार एक सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन ।

    थप ७२ हजार तीन सय २० जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ