• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    वेस्ट इन्डिजविरुद्धको सिरिजका लागि भारतीय टोली घोषणा, विराट टिममा परेनन्

    560
    SHARES


    काठमाडौँ। ववेस्ट इन्डिजविरुद्धको सिरिजका लागि भारतीय टोलीको घोषणा भएको छ ।

    १८ सदस्यीय टोलीमा विराट कोहली भने छैनन् । टिममा केएल राहुल र कुलदीप यादवले कमब्याक गरेका छन् । रोहित शर्माले कप्तानी गर्ने टोलीमा विराट कोहली र जस्प्रित बुम्राह टिममा छैनन् ।

    पछिल्लो समय टिममा खराव लयमा रहेका कोहलीलाई बीसीसीआईले टिम बाहिर राखेको छ । विराट इङ्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा पनि बेन्चमा रहेका थिए ।

    भारतले २९ जुलाईबाट वेस्ट इन्डिजसँग पाँच टी–ट्वान्टी खेल खेल्दैछ । जसअन्तर्गत अन्तिम दुई खेल अमेरिकामा हुनेछन् ।

    रोहित शर्मा (कप्तान), इशान किशन, केएल राहुल, सूर्यकुमार यादव, दीपक हुडा, श्रेयस अय्यर, दिनेश कार्तिक, ऋषभ पन्त, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, आर अश्विन, रवि बिश्नोई, कुलदीप यादव, भुवनेश्वर कुमार, अवेश खान , हर्षल पटेल, अर्शदीप सिंह

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ