• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    मापदण्डबिनै १० होटललाई १ करोड ३९ लाख भुक्तानी

    1K
    SHARES


    काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९)को समयमा कर्णाली प्रदेश अस्पतालले नियमावली विपरीत होटलहरुलाई रकम भुक्तानी गरेको पाइएको छ ।

    कोभिडको समयमा कामका खटिएका अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई वीरेन्द्रनगरका होटलहरुलाई व्यवस्थापन गरिएको थियो । यद्यपि होटलहरुलाई अस्पतालले काममा खटिएको कुनै विवरण नै संलग्न नगरी डेढ करोड बढी रकम भुक्तानी गरेको पाइएको हो ।

    महालेखा परीक्षाको कार्यालयले बुधबार सार्वजनिक गरेको आव ०७७–०७८ को प्रतिवेदन अनुसार अस्पतालले वीरेन्द्रनगरका १० वटा होटलहरुलाई १ करोड ६९ लाख १७ हजार रकम भुक्तानी गरेको छ । यद्यपि अस्पतालले यो सम्बन्धी कुनै मापदण्ड नै तयार पारेको छैन ।

    प्रदेश आर्थिक कार्यविधि नियमावली २०७५ को नियम ३७ मा रकम खर्च गर्दा रीत पुगे नपुगेको जाँच गर्ने व्यवस्था छ । महालेखाले मापदण्ड बनाई प्रतिस्पर्धाको आधारमा खर्च गरेको विवरण पेस गर्नुपर्ने उल्लेख गरेको छ ।

    यस्तै स्वास्थ्य सेवा कार्यालय दैलेखले औषधी, उपकरणहरु खरिदमा मापदण्ड नै पुरा नगरेर सोझै खरिद गरेको पाइएको छ । सार्वजनिक खरिद नियमावली ०६४ को नियम ८४ (१) मा २० लाखसम्मको औषधिजन्य मालसामान सिधै खरिद गर्न सक्ने र सो भन्दा बढी मूल्यको औषधीजन्य मालसामान सिलबन्दी दरभाउपत्र वा बोलपत्र आह्वान गरी खरिद गर्नुपर्ने उल्लेख छ ।

    सोही अनुसार औषधीजन्य सामान एउटै प्याकेज बनाई सिलबन्दी दरभाउपत्र÷बोलपत्र मार्फत प्रतिस्पर्धा गराई खरिद गर्नुपर्ने हो । तर स्वास्थ्य सेवा कार्यालय दैलेखले सात वटा सप्लायर्सहरुबाट सोझै खरिद गरी उपकरणका लागि ८६ लाख ९७ हजार र औषधीका लागि ४२ लाख ८३ हजार गरी १ करोड २९ लाख रकम भुक्तानी गरेको छ ।
    महालेखाले नियमावलीमा भएको व्यवस्था अनुरुप खरिद गर्नुपर्ने उल्लेख गरेको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया