• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    उपसभामुखको चुनावमा गठबन्धनकै पक्षमा लोसपा

    681
    SHARES


    काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संघीय संसदको प्रतिनिधिसभा उपसभामुखको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सघाउने भएको छ ।

    लोसपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा गठबन्धनका उम्मेदवार पुष्पा भुसाललाई सहयोग गर्ने निर्णय भएको स्रोतले बताएको छ।

    गठबन्धनबाट काँग्रेसकी भुसालको उम्मेदवारी दर्ता भइसकेको छ भने उपसभामुखमा एमालेले पनि उम्मेदवारी दिने भएको छ । एमालेले सांसद विद्या भट्टराईलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    गठबन्धनको उम्मेदवारलाई लोसपाले पनि साथ दिने भएपछि एमालेले राजनीतिक उपस्थितिका लागि उम्मेदवार दिन खोजेका देखिन्छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ