• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    समाचार

    विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने फरार प्रतिवादी पक्राउ

    1K
    SHARES


    काठमाडौँ। राम्रो तलबमा विदेश पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने श्रीकृष्ण घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

    चितवनको जुटपानी गाविस घर भएका तामाङले वैदेशिक रोजगार सञ्चालन गर्ने अनुमति नै नपाए पनि राम्रो पारिश्रमिक हुने, आकर्षक रोजगारका लागि इजरायल, जापान लगायतका वैदेशिक मुलुकहरूमा पठाइदिने भन्दै ठगी गरेको प्रहरीले जानकारी दिएको छ ।

    वैदेशिक रोजगार कसुरका तीन थान मुद्दाहरूमा सर्वोच्च अदालतबाट गत चैत १७ गते फैसला गर्दै तामाङलाई वैदेशिक रोजगार ऐन, २०६४ बमोजिमको कसुरमा जम्मा ६ वर्ष कैद र छ लाख रुपैयाँ जरिवाना हुने ठहर भएको थियो ।

    केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास तथा पक्राउको लागी परिचालित टोलीले तामाङलाई बिहीबार काठमाडौँको कलङ्कीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया