• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति

    उपसभामुखमा सत्तारुढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसालको मनोनयन दर्ता

    1K
    SHARES


    काठमाण्डाै।  प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराएकि छिन । उनले  केहीबेर अघि मनोनयन दर्ता गराएकि हुन्  । मनोनयनका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म समय तोकिएको छ । आजै उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

    कार्यतालिकाअनुसार भोलि दिउँसो तीन बजे बस्ने प्रतिनिधि सभामा उपसभामुख चयनको प्रस्तावमाथि मतदान हुनेछ । उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि उम्मेदवारी दिने तयारी गरेको छ। त्यसका लागि एमाले अहिले छलफलमा छ ।

    उपसभामुख चयनका लागि भोलि दिउँसो ३ बजे बोलाइएको संसद् बैठकमा चुनाव हुनेछ । उपसभामुखमा एक जनाको मात्र प्रस्ताव परेमा निर्विरोध चयन हुनेछ । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि २९ महिनासम्म यो पद रिक्त थियो । तत्कालीन सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा दिएका थिए ।

    प्रतिनिधि सभाको सभामुख तथा उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था रहेकॊ छ । यो व्यवस्था अनुसार अब माओवादी केन्द्रबाहेकका दलबाट महिला नै उपसभामुखको उम्मेदवार हुनेछन् । प्रतिनिधि सभा चुनावको मिति घोषणाको तयारी भइरहँदा उपसभामुख चयनमा दलहरू सहमत भएका हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया