• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गहुँ र चिनी निर्यात प्रतिबन्ध नेपालका लागि होइन : भारतीय राजदूत

    0.9K
    SHARES


    काठमाडौं । भारत सरकारले गहुँ, चिनी लगायत केही वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने नेपालका लागि भारतीय राजदूतले दाबी गरेका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघले राजदूतको स्वागतमा आयोजित भेटवार्तामा राजदूत नवीन श्रीवास्तवले सो प्रतिबन्द नेपालका लागि नभएको बताएका हुन् ।

    कार्यक्रममा अध्यक्ष शेखर गोल्छाले भारत सरकारकातर्फबाट केही अत्यावश्यक वस्तुहरूको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय भएपछि नेपाली उद्योगहरूलाई समस्या उत्पन्न हुन थालेको बताएपछि राजदूत श्रीवास्तावले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    भारत सरकार, भारतसँगै नेपालको पनि आर्थिक विकास हुनुपर्छ भन्ने पक्षमा रहेको भन्दै नेपालका हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयारको पनि उनले बताए ।

    भेटमा महासंघले नेपालमा लगानी विस्तार, व्यापारिक नाकाहरूको पूर्वधार विकास, प्रयोगशालाहरूको स्तरीकरण तथा थप ल्यावहरूको विस्तार, गैरभन्सार अवरोधहरूका समस्याबारे राजदूतको ध्यानाकर्षण गराएका थिए ।

    जवाफमा राजदूत श्रीवास्तवले सडक, रेल, हवाई र साथै डिजिटल कनेक्टिभिटीमा देखापरेका समस्याहरूको समाधान गर्दै नेपालको अर्थतन्त्रलाई मजवुद बनाउन भारत सरकार तयार रहेको बताएका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया