• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    कांग्रेस बैठकमा महामन्त्रीद्वयको चर्को आलोचना, केटाकेटी जस्तो भए

    385
    SHARES


    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरुले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको चर्को आलोचना गरेका छन् ।

    महामन्त्री भएर गुटको बैठकमा सहभागी भएको, लोकप्रिय हुन पार्टीको आलोचना गरेको भन्दै नेताहरुले महामन्त्री थापा र शर्माको आलोचना गरेका हुन् ।

    केन्द्रीय समिति बैठकअघि डा. शेखर कोइराला पक्षले बोलाएको भेलामा महामन्त्री थापा सहभागी भएका थिए । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले महामन्त्री भएर गुटको बैठकमा किन सहभागी भएको भनी थापामाथि प्रश्न उठाएका थिए । एक नेताका अनुसार बुढाथोकीले गुटमा सहभागी भए बहिस्कार गर्ने चेतावनी दिएका थिए ।

    ‘महामन्त्री नेता हो, तर केटाकेटीजस्तो भएर बस्नुभएन, तपाईहरुलाई बहिस्कार गर्ने बेला नआओस्’ बुढाथोकीको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

    केन्द्रीय सदस्य रामजनम चौधरीले महामन्त्रीहरुले पार्टीको आलोचना गरेको भन्दै असन्तुष्टि जनाए । उनले पार्टी कार्यकर्ताको हौसला बढाउने खालको अन्तर्वार्ता दिन महमामन्त्रीहरुलाई आग्रह गरे । ‘अन्तर्वार्ता दिँदा हौसला बढाउने गरी दिनुस्, निराश हुने र जहिले पनि पार्टीको आलोचना गरेर नदिनुस्’ नेता चौधरीको भनाइ उधृत गर्दै एक नेताले भने ।

    विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था गर्न माग गर्दै महामन्त्री थापा र शर्मा निर्वाचन आयोगमा पुगेको विषयमा पनि नेताहरुले आलोचना गरेका थिए । नेता राजीव ढुंगानाले पार्टीको संस्थागत निर्णयविना महामन्त्रीहरु निर्वाचन आयोग जानु बेठीक भएको बताए ।

    ‘पार्टीमा छलफल नगर्ने तर दुई महामन्त्री निर्वाचन आयोग जान मिल्ने कुरा होइन, आफुखुशी कुराकानी गर्दै जाने हो भने भोलि अर्को पदाधिकारीले कोहीसँग कुरा गर्लान्, यसलाई कसरी पार्टीको निर्णय मान्न सकिन्छ ?’ उनले प्रश्न गरे ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ