• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भृकुटीमण्डपमा लागेको आगो झण्डै साढे दुई घण्टा पछि नियन्त्रणमा

    1.2K
    SHARES


    काठमाण्डाै । भृकुटीमण्डपमा लागेको आगो झण्डै साढे दुई घण्टामा निभाइएको छ ।

    काठमाण्डौ, भक्तपुर र ललितपुर लगायतका विभिन्न ठाउँका दमकल, पानी ट्याङ्कर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी परिसर, काठमाण्डौका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

    भृकुटीमण्डपको बजारसँगै रहेको ह्वीलचेअरको गोदाममा आगो लागेको हो । आगलागीबाट गोदाममा रहेका सामान जलेर नष्ट भएका छन् । आगलागी भएको ठाउँमा गएर महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि अवलोकन गर्नु भएको छ ।आगलागीबाट मानवीय क्षति भएकाे छैन । अरु क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया