• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति

    उपेन्द्र यादवले बोलाएको बैठकमा १३० जना केन्द्रीय सदस्य सहभागी

    0.9K
    SHARES


    काठमाडौँ। जनता समाजवादी पाटी नेपाल (जसपा) उपेन्द्र यादव पक्षको वीरगञ्जमा जारी बैठकमा १३० जना केन्द्रीय सदस्य उपस्थित भएका छन् ।

    बैठकमा नाम नै दर्ता गराएर १३० जना उपस्थित भएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए छन्। कतिपय नेताहरु नाम दर्ता नगराइकन पनि बैठकमा बसेका छन् ।

    जसपाको केन्द्रीय समिति ४९९ सदस्यीय रहेको छ । यता मंगलबारदेखि जडिबुटीमा सुरु भएको जसपा बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बैठकमा १०६ जनाले नाम दर्ता गराएका थिए । यस्तै सो बैठकपनि कतिपय नेताहरु दर्ताबिनै प्रवेश गरेको बताइएको छ ।

    दुबै पक्षका नेताहरुले दुई सय भन्दा बढी केन्द्रीय सदस्य आफूहरुको बैठकमा उपस्थित रहेको दावी गरेका छन् । कतिपय नेताहरु भने तटस्थ बसेर कुनै पनि बैठकमा सहभागी भएका छैनन् ।

    केन्द्रीय सदस्यहरु राजकिशोर यादव, रामनरेश राय यादव, अमृता अग्रहरीलगायतका थुप्रै केन्द्रीय सदस्यहरु कुनै बैठकमा नभएका हुन् । उनीहरुले आफूहरु पार्टी विभाजनको विपक्षमा रहेको कारण बैठकमा नगएको बताएका छन् । दुवै पक्षले पार्टी विभाजनका लागि बैठक बोलाएको भएर आफू त्यहाँ नगएको केन्द्रीय सदस्य रामनरेश राय यादवले बताए ।

    भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक भनेर संसद, संघीय परिषद् सदस्य तथा भातृ संगठनका इन्चार्जहरुलाई पनि बैठकमा बोलाएका छन् । उता, केन्द्रीय समितिको बैठक भनेपनि यादवले संघीय परिषद्का सदस्य तथा सांसदहरुलाई पनि बैठकमा बोलाएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया