• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    राजनीति

    म चक्कु लिएर सालघारी फाँड्न हिँडेको रहेछु : ओली

    871
    SHARES


    काठमाडौँ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु सेन्सेटाइज र प्रभोक नहुने बताएका छन् ।

    बुधबार मानवअधिकार एलाइन्सको २३ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफु पहिले नै सेन्सटाइज र प्रभोक भएको भन्दै अब नहुने बताएका हुन् । उनले आफुलाई कुनै बेला साथीहरुले नै सेन्सटाइज र प्रभोक गरिदिँदा बेला न कुबेला होलटाइमर भएर कुदेको बताए ।

    ‘साथीहरुले मलाई सेन्सेटाइज गर्दिए, प्रोभोक गर्दिए, म बेला न कुबेला होलटाइमलर भएर कुदेँ । पछि मैले थाहा पाउँदा त म जे गर्छु भनेर कुदेको त्यसको त्यतिबेला सम्भावना नै रहेनछ’, ओलीले भने, ‘जे गर्छु, जहाँबाट गर्छु भनेको म त एउटा सानो चक्कु लिएर विशाल सालघारी फाँड्छु भनेर हिँड्यारहेछु ।’

    उनले कसैले नसुन्नेगरी भनेको भन्दै समावेशीता स्तम्भ नभएको पनि बताए । उनले संयुक्त राष्ट्रको आफुले विरोध नगर्ने भन्दै समावेशीता विकासको तरिका मात्रै भएको दावी गरे ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया