• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    विशेष समाचार

    सीएहरुको कार्यक्रममा किन गएनन् गभर्नर अधिकारी?

    833
    SHARES


    काठमाडौँ। मौद्रिक नीतिको तीब्र तयारी हुँदैगर्दा पछिल्लो समय गभर्नर महाप्रसाद अधिकारी सार्वजनिक कार्यक्रमहरुमा निकै व्यस्त छन् ।

    मौद्रिक नीतिकै लागि भन्दै गभर्नर दिनहुँजसो २–४ वटा कार्यक्रममा पुग्ने गरेका छन् र सुझाव लिने गरेका छन् ।

    तर, बुधबार चार्टर्ड एकाउन्टेन्स् संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धि प्यान डिस्कसन कार्यक्रममा भने गभर्नर अधिकारी गएनन् । उक्त कार्यक्रममा गभर्नर अधिकारी नै जाने पूर्वनिर्धारित सेड्युल रहेपनि अन्तमा आफु नगएर गभर्नर अधिकारीले डेपुटी गभर्नर बम बहादुर मिश्रलाई पठाएका हुन् ।

    मंगलबार नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा एम.अधिकारीको नाम आएपछि गभर्नरमाथि शंका उब्जिरहेको छ । तर, भोलिपल्टै आयोजित कार्यक्रममा गभर्नर अधिकारीको उपस्थितिले थप शंका थपेको छ । यद्यपि, गभर्नर अधिकारीले उक्त व्यक्ति आफु नभएको दाबी गरिरहेका छन् ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया