• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    ५९ अंकले बढ्यो नेप्से, २ अर्बको कारोबार

    832
    SHARES


    काठमाडौँ। बुधबार सेयर बजार परिसूचक नेप्सेमा ५९ अंकमाथिको सुधार आएको छ ।

    अघिल्लो दिन ११ अंकले बढेको बजारमा आज थप ५९.५४ अंकले बढ्ने नेप्से सूचक १९८६.८२ अंकमा पुगेको हो । यसदिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १२.४२ अंकले बढ्दै ३८१.३७ अंकमा उक्लिएको छ ।

    उसो त झण्डै ६० अंकले बढेको बजारमा आज २ अर्ब ४ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज १३ वटै उपसूचक धनात्मक भएका छन् ।

    सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ६.९६ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंक समूह ६.२५ प्रतिशतले, ट्रेडिङ ५.३९ प्रतिशतले, अन्य उपसूचक ४.७२ प्रतिशतले, हाइड्रोपावर समूह ४.७१ प्रतिशतले र म्युचुअल फन्ड समूहको उपसूचक ४.१८ प्रतिशतले बढेको छ ।

    यसैगरी इन्भेष्टमेन्ट समूहको उपसूचक ३.८७ प्रतिशतले, होटल तथा पर्यटन ३.७९ प्रतिशतले, माइक्रोफाइनान्स समूहको उपसूचक ३.३१ प्रतिशतले, म्यानु एण्ड प्रो २.८६ प्रतिशतले बढेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया