• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    Uncategorized

    श्रीलंका तनाव- सुरक्षा घेरा तोड्दै प्रदर्शनकारीले कब्जा गरे प्रधानमन्त्रीको कार्यालय, संकटकाल घोषणा

    1.1K
    SHARES


    काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेको कार्यालयमा पनि प्रदर्शनकारीले कब्जा जमाएका छन् । प्रधानमन्त्री विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गर्दै पश्चिमी प्रान्तमा कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शन रोकिएको छैन ।

    आक्रोशित प्रदर्शनकारीहरु सुरक्षा घेरा तोड्दै प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरेका छन् । प्रधानमन्त्री भने कार्यालयमा नरहेको र उनी अन्तै सुरक्षित रहेको बीबीसीले जनाएको छ ।

    यसअघि प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेपछि राष्ट्रपति गोटाबाया राजापक्षे देश छाडेर भागिसकेका छन् । राजापक्षे भागेर माल्दिभ्स पुगे लगत्तै विक्रमसिंघेले देशव्यापी संकटकाल घोषणा गरेका थिए ।

    बढ्दो विरोध प्रदर्शनलाई नियन्त्रण गर्न कोलम्बोलगायत पश्चिमी प्रान्तमा अनिश्चितकालीन कर्फ्यु पनि लगाइएको छ । कोलम्बोको टेम्पल ट्रीमा मंगलबार झडप हुँदा कम्तीमा १० जना घाइते भएका छन् र पछि अस्पताल भर्ना भएका छन्।

    घाइते नौ पुरुष र एक महिलालाई उपचारको लागि भर्ना गरिएको छ । तीमध्ये छ जनालाई कोलम्बो नेसनल अस्पताल मा भर्ना गरिएकोडेली मिररले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ। दुई जना घाइते बने उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

    देशको बिग्रँदै गएको आर्थिक अवस्थाले तनाव बढाएको छ र पछिल्ला केही हप्ताहरूमा इन्धन पसलहरूमा सर्वसाधारण र प्रहरीबीच थुप्रै भिडन्त भएका समाचार सार्वजनिक भएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया