• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    नेपालको वरीयता यथावत

    1.6K
    SHARES


    काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय र टी-ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपालको वरीयता यथावत रहेको हो । एकदिवसीयको नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १९ औं स्थानमा रहेको थियो । नयाँ वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानमा रहेको छ ।

    इंग्ल्यान्ड दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ । पाकिस्तान चौंथो स्थानमा रहदा अष्ट्रेलिया पाँचौं स्थानमा रहेको छ । टी-ट्वान्टी वरीयतामा पनि नेपाल यथावत रहेको छ ।

    नेपाल १३ औं स्थानमा रहेको छ । एकदिवसीयमा भारत, इंग्ल्यान्ड,पाकिस्तान, दक्षिण अफ्रीका र अष्ट्रेलिया क्रमशः शीर्ष देखि पाँचौं स्थानमा रहेको छ ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया