काठमाडौँ। ११ बजेका लागि डाँकिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।
सरकारले ल्याएको बजेटबारे छलफल गर्न बोलाइएको बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।
माओवादी केन्द्र बाहेकका दलहरू यथास्थितिमा सरकारले ल्याएको बजेट पारित गर्न नदिने पक्षमा छन् ।
कांग्रेसले यसअघि नै यथास्थितिमा बजेट पारित गर्न नसकिने जनाइसकेको छ। विपक्षी दलहरू एमाले, जसपा र लोसपा पनि बजेटको विरोधमा छन् ।
प्रतिक्रिया