• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    शेखरलाई जीतजंगको प्रश्न : सुराकी लगाएको भनेर किन प्रोपोगान्डा गर्नुभयो ?

    449
    SHARES


    काठमाडौँ। नेपाली काँग्रेस केन्द्रीय सदस्य जीतजंग बस्नेतले नेता शेखर कोइलाले आफूमाथि पार्टी सभापति शेरबहादुर देउवाले सुराकी खटाएको भनेर प्रोपोगान्डा गरेको आरोप लगाएका छन् ।

    महाधिवेशनमा सभापति देउवाले आफ्नो सुराकी गर्न पठाएको भन्ने कोइरालाको अभिव्यक्तिबारे बस्नेतले मंगलबारको केन्द्रीय समिति बैठकमा प्रश्न उठाएका हुन् ।

    ‘उहाँ (शेखर कोइराला)ले आफूमाथि सुराकी लगाएको भनेर त्यतिबेला किन नभनेको ? त्यही बेला भनेको भए अर्कै कुरा हुन्थ्यो । अहिले किन प्रोपोगान्डा गर्नुभयो ? त्यही बेला भनेको भए हामी पनि तपाईंको पत्रकार सम्मेलनमा आउँथ्यौँ,’ उनले भने ।

    अहिले केही एजेण्डा बनाएर सुराकी गरेको भन्दै विरोध गर्नुको कुनै अर्थ नरहेको बस्नेतको भनाइ थियो । सोमबारको बैठकमा कोइरालाले आफ्ना पछाडि सुराकी खटाएको भन्दै सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवामाथि प्रश्न उठाएका थिए । ‘स्थानीय चुनावमा उहाँले मेरो पछाडि सुराकी खटाउनुभएको थियो । किन खटाउनुभयो ?,’ उनको प्रश्न थियो ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ