• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    देश छोडेर भागे श्रीलंकाली राष्ट्रपति राजापाक्षे, सेनाको विमान चढेर माल्दिभ्स पुगे

    638
    SHARES


    काठमाडौँ । श्रीलंकाका राष्ट्रपति देश छाेडेर भागेका छन् । रष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेका छन् ।

    ७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे माल्दिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । उनीसँगै पत्नी र एक जना गार्ड पनि रहेका बताइएको छ ।

    राजपाक्षेको प्रस्थानले श्रीलंकामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य गरेको छ । शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसेका थिए ।

    राष्ट्रपतिले यसअघि १३ जुलाई अर्थात आज राजीनामा दिने वाचा गरेका थिए । उनका भाइ पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको बीबीसीले जनाएको छ । उनी अमेरिका जाँदै गरेको बताइएको छ ।

    जनताले मनाए खुसियाली!
    श्रीलंकामा हज्जारौँ मानिस कोलम्बो शहरको सडमा घुमिरहेका छन् । धेरै मानिसहरु प्रदर्शन गर्नका लागि मुख्य स्थान गल फेस ग्रीनमा जम्मा भएका छन् ।

    यहाँ मानिसका लागि एउटा अस्थायी मञ्च राखिएको छ । यदि कसैलाई लाग्छ कि सरकार वा कुनै नेताले विश्वासघात गरेको छ भने उनीहरुले माइक समातेर भाषण दिन सक्छन् । भाषणको बीचमा मानिसहरु सिंहला भाषामा ‘संघर्षको जीत’ को नारा लगाउँछन् ।

    कोलेम्बोमा प्रदर्शनको मुख्य स्थानमा बीबीसीले जुम्ल्याहा दिदी बहिनीसँग कुराकानी गरे । रोशीनी र रेशानी समरकुन आफ्ना आमासँग विरोध प्रदर्शनमा भाग लिन दुई दिन अघि मालवा आएका छन् ।

    रेशीनी भन्छिन्, ‘मलाई लाग्छ कि उनी (राष्ट्रपति राजपक्षे) एक आतंकवादीजस्तै हुन् । उनले यति लामो समयसम्म देशलाई त्रासमा राखे । त्यसैले उनी यहाँबाट भागेकोमा मलाई असाध्यै खुसी लागेको छ तर श्रीलंकाको स्थितिमा भने दुःखी छु ।’

    रेशीनीकी बहिनी रेशानी समरकुनले थपेकी छिन्, ‘हामीलाई आशा छ कि भविष्यमा हामी आर्थिक र सामाजिक रुपमा एक विकसित देख बन्न सक्छौँ ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया