• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    देश छाड्न लागेका श्रीलङ्काका पूर्व अर्थमन्त्रीलाई कर्मचारीले विमानस्थलबाटै किन फर्काए?

    294
    SHARES


    काठमाडौँ। देश छाड्न लागेका श्रीलङ्काका पूर्व अर्थमन्त्री बासिल राजपक्षेलाई अध्यागमनका कर्मचारीले विमानस्थलबाटै फर्काएका छन् ।

    श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षेका कान्छा भाइसमेत रहेका बासिल राजापाक्षे दुबई हुँदै अमेरिकाको वाशिङ्टन जानका लागि कोलम्बो विमानस्थल पुगेका थिए तर विमानस्थलका कर्मचारीले उनको  देश छाड्ने योजना असफल बनाइदिएका बीबीसीले जनाएको छ ।

    देशलाई आर्थिक रूपमा टाट पल्टाएर आफू विदेश जान थालेको भन्दै कर्मचारी र विमानस्थल पुगेका अन्य यात्रुले पूर्व अर्थमन्त्रीको विरोध पनि गरेका छन् । देश चरम आर्थिक सङ्कटमा पर्न थालेपछि गएको अप्रिल महिनामा उनले  राजीनामा दिएका थिए । श्रीलङ्काका राष्ट्रपतिका सबै दाजुभाइ देशका प्रमुख पदमा रहेका छन् । गाेटाबाया राजपक्षे राष्ट्रपति छन्, महिन्दा राजपक्षे यसअघि प्रधानमन्त्री थिए, बासिल राजपक्षे महिन्दा राजपक्षे प्रधानमन्त्री हुँदा अर्थमन्त्री थिए।

    बासिल राजापाक्षेसँग अमेरिकाको पनि नागरिकता रहेको छ तर उनलाई  पदमा ल्याउनका लागि कानुन नै परिवर्तन भएको थियो । बासिलमाथि सन् २०१५ मा भ्रष्टाचारको समेत आरोप लागेको थियो । श्रीलङ्कामा प्रदर्शनकारीले गएको शुक्रवारदेखि राष्ट्रपतिको भवन कब्जा गरि रहेका छन्।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ